+
+

प्राध्यापक तथा कर्मचारीहरुद्वारा पोखरा विश्वविद्यालयमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ५ गते १६:००

५ असोज, पोखरा । करारको म्याद नथप्ने निर्णय गरेको विरोधमा प्राध्यापक तथा कर्मचारीहरुले पोखरा विश्वविद्यालयमा तोडफोड गरेका छन् ।

करारमा कार्यरत ९५ जना प्राध्यापक र छजना कर्मचारीलाई परिषद्को बैठकले अवकाश दिने निर्णय गरेपछि आक्रोशित प्राध्यापक र कर्मचारीहरुले विश्वविद्यालयको डिन, उपकुलपति र स्कुल अफ विजनेस कार्यालयका फर्निचर, कार्यालयका सिसा र गमलाहरु तोडफोड गरेका छन् ।

आन्दोलित प्राध्यापक र कर्मचारीहरुले रजिष्ट्रार मानबहादुर केसी, कार्यकारी सदस्यहरु ईन्द्र तिवारी र ज्ञानेश्वर शर्मालाई घेराबन्दीमा पारेर तुरुन्त म्याद थप्न र प्रक्रिया पुर्‍याएर स्थायी गर्न भनेका छन् । कुनै सूचना नै नदिई दसैँको मुखमा एक्कासी लामो समयसम्म कार्यरत प्राध्यापकहरुलाई हटाएकामा विरोधमा उत्रनुपरेको प्राध्यापक योगराज लामिछानेले बताए ।

आन्दोलित प्राध्यापक र विद्यार्थीहरुले भ्रष्टाचारीलाई कारबाही गर, अख्तियार आउ पोखरा विश्वविद्यालय बचाउजस्ता नारा पनि लगाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?