Comments Add Comment

आइफोन सिक्स दाइजो दिनुपर्ने भन्दै बिहे स्थगित

iphone6एप्पलका प्रडक्टप्रति यसका पारखीहरु यति धेरै लालायित हुन्छन् की उसका ग्याजेट आफ्नो हातमा पार्न जुनसुकै मूल्य चुकाउन तयार हुन्छन् ।

एप्पलले हालै सार्वजनिक गरेका दुइ नयाँ मोडलका आइफोन प्रति समेत ग्राहकहरुको उत्तिकै आशक्ति देखिएको छ । आइफोन बिक्रिमा राखिएका विभिन्न देशका एप्पल स्टोरहरुमा मानिसहरुको भिडले त्यसलाई पुष्टि गर्छ ।

तर साउदी अरेबियाका एक युवकले भने आइफोन सिक्स प्रतिको आफ्नो आशक्तिलाई फरक ढंगले नयाँ उचाइमा पूराएका छन् ।

समाचार अनुसार साउदी अरबका एक युवकले आफ्नी बहिनीसँग बिहे गर्न चाहने युवकसँग आइफोन सिक्स माग गरेका छन् ।

आफ्नी बहिनीका लागि मगनी गर्न आएका हुनेवाला ज्वाइँसँग ती युवकले आइफोन आफ्नी बहिनी लैजाने भए आफुलाई आइफोन सिक्स दाइजोको रुपमा दिनुपर्ने माग गरे ।

साउदीको बजारमा आइफोन सिक्स आउने बित्तिकै त्यो आफुलाई किनिदिनुपर्ने र तबमात्र बहिनीको बिहे गरिदिने उनले अड्डी कसे ।

जसका कारण केटी माग्न गएका युवक हिस्स भए । अब साउदी अरबको बजारमा आइफोन सिक्स उपलब्ध भएपछि हुनेवाला जेठानलाई एउटा उपहार दिएपछि मात्र उनले आफुले मन पराएकी केटीसँग बिहे गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment