+
+

बाढीपहिरो विस्थापितले भने-सरकार ! त्रिपालमुनिको बास कहिले सम्म ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ६ गते ७:२६

६ असोज, सुर्खेत । बाढीपहिरोका कारण विस्थापित भएकाहरुले राष्ट्रपति रामवरण यादवसँग पुर्नस्थापना गरिदिन माग गर्दै गुहार मागेका छन् ।

बाढी प्रभावित क्षेत्रको अवलोकन भ्रमणका लागि आइताबार सुर्खेत आएका राष्ट्रपति यादवसँगको भेटमा विस्थापितहरुले तत्काल आफूहरुको पुर्नस्थापनाका लागि सरकारसँग पहल गरिदिनसमेत आग्रह गरे ।

विस्थापितलाई भेट्न आइतवार दिउँसो राष्ट्रपति यादव वीरेन्द्रनगरको सुब्बा कुनामा रहेको विस्थापित शिविर पुगेका थिए । राष्ट्रपति आउने खबर आएपछि पीडा सुनाउन जिल्लाका विभिन्न शिविरमा रहेका विस्थापित सुब्बाकुना पुगेका थिए, अन्नपूर्ण पोष्टमा खबर छ ।

राष्ट्रपतिलाई पीडा सुनाउन हरिहरपुरबाट आएका विस्थापित प्रेमबहादुर थापाले राष्ट्रपतिसँग भने, ‘सरकार बाढीले त बरबादै गरिदियो । खाने गास छैन, बस्ने कुनै ठेगान छैन । अब केही त गरिदिनुस् ।’ भेरीमा आएको बाढीले पुरै गाउँ बगर बनाईदिएको भन्दै उनले थपे, ‘सरकार तपाईले भनेपछि त मन्त्री र नेताले पनि मान्लान् । हामी कहिलेसम्म यसरी त्रिपालमा रात काट्ने ? तत्काल हामीलाई बासको ब्यवस्था गरिदिनुहोस् । अब धेरैदिन त्रिपालमुनी नराख्नुहोस् ।’

विस्थापितहरुले आफ्नो पीडा सुनाइरहँदा राष्ट्रपति यादव भावुक देखिएका थिए । उनले विस्थापितलाई सान्त्वना दिन खोजे पनि विस्थापितले एकपछि अर्को गर्दै पीडा सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?