Comments Add Comment

विमल घर्तीमगर एसिया महादेशकै चम्किलो प्रकाश : फिफा

Bimal

  • यू-१६ एएफसी च्याम्पियनसिपमा विमल

७ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाली युवा स्ट्राइकर विमल घर्तीमगरलार्इ एसिया महादेशकै चम्किलो प्रकाश भनी प्रशंसा गरेको छ ।

फिफाको अनलाइन संस्करणमा प्रकाशित लेखमा उनलार्इ विलक्षण क्षमता भएको खेलाडीका रूपमा चित्रण गरिएको छ ।

लेखको सुरुवात नै विमलको स्टारडमको प्रशंगबाट गरेको छ । ‘भर्खरै सम्पन्न १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा सहभागी देशका अधिकांश खेलाडीहरु आफ्नो पहिचान बनाउन खेलिरहेका बेला विमल भने पहिले नै एक स्थापित नाम थियो’- लेखमा भनिएको छ ।

बेल्जियमको क्लब एन्डरलेक्टको १९ वर्ष मुनिको टोलीबाट व्यवसायिक खेल खेल्ने विमल एएफसी च्याम्पियनसिप प्रतियोगिताअघि नै महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका खेलाडी भइसकेका थिए । १६ वर्षको कलिलो उमेरमा नै उनले नेपालका सबै उमेर समूह र राष्ट्रिय टिमको सदस्य बने ।

आफैसँग सोधेँ के मैले साँच्चिकै गोल गरेकै हो त ?

विमलले राष्ट्रिय टिममा डेब्यू गरेको खेलमा नै महत्वपूर्ण गोल गरे । यो गोलले उनी सबै भन्दा कम उमेर अर्थात १५ वर्ष ८ महिना ८ दिनको उमेरमा नै राष्ट्रिय टोलीका लागि गोल गर्ने नेपाली खेलाडी बनेका छन् ।

उनले साफ घरेलु मैदान काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध डेब्यू मात्र गरेनन्, गोल समेत गरेका थिए ।

गोल ग
पाकिस्तानविरुद्ध गोल गरेपछि विमल

फिफासँगको अन्तरवार्तामा विमलले उक्त गोल बारे भनेका छन्-‘मलाई त्यो मेरो पहिलो अन्तराष्ट्रिय गोल गर्दा यो सपना पो हो कि जस्तो लागेको थियो । मैले बारम्बर आफैसँग सोधेँ के मैले साँच्चिकै गोल गरेकै हो त ?’

उनले अघि भनेका छन्-‘म मैदान प्रवेश गर्दा हाम्रो टिम अप्ठ्यारोमा थियो । तर, म आफ्नो डेब्यू खेलमा गोल गर्दै टिमलाई सहज अवस्थामा ल्याउन चाहान्थें । मैले प्रहार गरेको बलले गोल रक्षकलाई पन्छ्याउँदै जालि चुमेको त्यो क्षण ऐतिहासिक थियो ।’

विमलले गोल गरेपछिको अनुभव यसरी सुनाए-‘स्टेडियममा रहेका सबै दर्शकहरुले मेरो नाम लिएर हुटिङ गरिरहेका थिए ।’  भोलिपल्ट हरेक सञ्चार माध्यम र पत्रपत्रिकाहरु नाम र तस्वीरले भरिएको भन्दै उनले त्यो आफ्नो लागि ठूलो उपलब्धी भनेका छन् ।

फिफाले काठमाडौंमा भएको छनोट चरणमा घरेलु समर्थकलार्इ निराश नपाएको भन्दै विमलको प्रशंसा गरिएको छ । लेखमा विलमबारे भनिएको छ-‘प्रतियोगितामा सहभागि भएका एसियाली खेलाडीहरुमा विमल सबैभन्दा खेल कौशलमा माथिल्लो स्तरको खेलाडी हुन् । उम्दा खेलाडी भएकाले उनले अन्तराष्ट्रिय स्तरमा स्थापित हुन खोज्नु स्वाभाविक हो ।’

फिफासँगको कुराकानीमा विमलले बहराइनसँगको पहिलो खेलमा केही नर्भस भएको तर दोस्रो खेलसम्ममा आत्मविश्वास बटुलेको बताए । छनोट खेलमा नेपाल बहराइनसँग २-० ले पराजित भएको थियो भने इराकलाई २-२ मा रोकेको थियो । अन्तिममा तुकिमेनिस्तानलाई ४-० ले पराजित गर्दै नेपाल समूह विजेता बन्दा विमल सर्वाधिक गोलकर्ता बनेका थिए ।

नेपाल व्याक हर्स

तर, यू-१६ एएफसी च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो । फिफाले भने लेखमा प्रभाकारी प्रदर्शन गरेको भन्दै नेपाललार्इ ब्याक हर्स भनेको छ ।

U-16-football

पहिलो खेलमा विमल बेन्चमा थिए । समूह चरणका खेलमा पाएको दुर्इ पहेँलो कार्डका कारण उनले डिफेण्डिङ च्याम्पियन उज्वेकिस्तानसँगको खेल गुमाए । उक्त खेलमा नेपालले १-१ को बराबरी खेलेको थियो ।

दोस्रो खेलमा कुवेतलार्इ २-१ ले हरायो, जसमा विमलले एक गोल गरेका थिए ।तर, कोरियासँग ४-१ ले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरियो । अभ्यास खेलमा लागेको चोटका कारण विलमले आफ्नो खेल खेल्न सकेको थिएनन् ।

युरोपमा खेल्ने सपना

फिफासँगको अन्तरवार्तामा विमलले आफू व्यवसायीक खेलाडी बन्न चाहेको बताएका छन् । उनले भनेका छन्-मेरो लक्ष्य भनेको व्यवसायीक खेलाडीका बनेर युरोपमा खेल्ने हो । म आफुलाई युरोपमा एउटा राम्रो खेलाडीका रुपमा स्थापित गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment