Comments Add Comment

सुदर्शनसँग मेरो सच्चा प्रेम छ : रेखा थापा

rekha-and-sudarsan

निर्माता छवि ओझासँग सम्बन्ध बिच्छेद गरेपछि एकल जीवन बिताइरहेकी नायिका रेखा थापाले दुवै हात नभएका नायक सुर्दशन गौतमसँग आफु प्रेममा परेकी बताएकी छिन् ।

‘हो म सुर्दशन गौतमलाई प्रेम गर्छु’ जीवनमा पहिलोपटक प्रेममा परेकेा दावी गर्दै रेखाले शुक्रबार साप्ताहिकसँगको अन्तवार्तामा भनिन्- जीवनमा पहिलोपटक प्रेममा परेँ र सार्वजनिक पनि गरेँ ।’

एउटा सक्षम महिलाले प्रेमका लागि जातभात, अंग नहेेर्ने देखाउन आफूले सुदर्शनसँगको प्रेमलाई सार्वजनिक गरेको रेखाको भनाई छ । त्यसो भए बिबाह कहिले गर्ने त ? रेखा भन्छिन- बिहेका लागि प्रेम गरिन्छ भने त्यो त स्वार्थ भइगयो नि, मलाई यत्ति थाहा छ- हामीवीच स्वच्छ प्रेम छ।’

‘म कुनै ड्रामेबाज केटी हैन, भित्रभित्रै चक्कर चलाएर बाहिर हामी असल साथी हौं भन्ने ढोँग गरिन, सत्य स्वीकारीदिएँ’ रेखाले भनिन् ।  एक सातापछि प्रदर्शन हुन लागेको उनको फिल्म ‘हिम्मतवाली’को प्रचारका लागि पनि रेखाले यस्ता हल्ला बजारमा चलाएको आरोप लाग्ने गरेको छ ।

तर, उनले यसलाई हल्ला नभई वास्तविकता भनेकी छिन् । उनले आफू सुदर्शनसँग हिड्दा, सँगै बस्दा शारीरिक आवश्यकताबाट नगुज्रिएको बताइन् । यस्ता कुरा सोच्नेलाई नै छोडिदिन उनले आग्रह गरेकी छिन् ।

उनले सिनेमाको पर्दामा देखिने रेखालाई मात्र सबैले वुझेको भन्दै रियल लाइफमा आफू कस्ती छु भन्ने कसैले नवुझेको बताइन् । पैसाको पछि लागेको भए आफू छवि ओझाकै घरमा हुने थिएँ भन्दै उनले सुदर्शनले चलचित्रमा लगानी नगरेको तर्क गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment