+
+

एसियाड खेल्न गएका थप दुई खेलाडी कोरियामा लुके

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ९ गते १५:१०

९ असोज, काठमाडौं । एसियाड खेल्न गएका थप दुई नेपाली खेलाडी कोरियामा लुकेका छन् ।

उसुका खेलाडी सोमवीर तामाङ र निराजन आलेमगर भागेका हुन् । सेभ द मिसनले बिदाइ गर्ने क्रममा तामाङ र आलेमगर अनुपस्थित भएपछि सोधखोज भएको थियो ।

टीम व्यवस्थापक चन्द्र तामाङले ओलम्पिक कमिटीलाई गराएको जानकारी अनुसार निराजन ८ गते बेलुकी र सोमवीर ७ गते खेलाडी आवासबाट भागेका बताएका छन् ।

तर, उनीहरु भागेपछि तत्काल जानकारी नगराइकाले मिलेमतोका आशंका गरिएको छ । उनलाई कागज गराएर नेपाल र्फकन दिइएको छ ।

यसअघि सेपाक ताक्रोका खेलाडी अमर पोडे मंगलबार राति वेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?