Comments Add Comment

सहमतिका लागि तीन दल छलफलमा

१० असोज, काठमाडौं । संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि तीन दलले छलफल गर्दैछन् ।

सत्तारुढ दलले प्रतिपक्षी दलको मागलाई सम्बोधन गर्दै अवरुद्ध रहेको संसद खुलाउने तथा संविधानका विवादित विषयमा पनि सहमति खोज्ने प्रयास स्वरुप छलफल गर्न लागेको नेताहरुले बताएका छन् ।

अहिले सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरुले अनौपचारिक छलफल गर्दैछन् । उक्त छलफलपछि प्रतिपक्षी दल एमाओवादीसहित तीन दलको बैठकमा उच्चस्तरीय राजनीतिक समिति गठन, समिति नेतृत्व चयन लगायका विषयमा छलफल हुनेछ ।

प्रतिपक्षी दलले राजनीतिक निकास र सहमतिका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने पर्ने र समितिको नेतृत्व एमाओवादीले पाउनुपर्ने माग राख्दै आएको छ ।

पहिले उच्चस्तरीय राजनीतिक समितिको औचित्य नभएको बताउँदै आएका सत्तारुढ दल पनि अहिले भने उच्चस्तरीय राजनीतिक समिति गठन गरेरै भएपनि सहमति गर्ने र संसद खुलाउने विषयमा सहमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment