+
+

माछापुच्छ्रे बैंकले १२ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १० गते १२:०८

Machhapuchchhre Bank LTD (3)१० असोज काठमाडौं । माछापुछ्रे बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

बैंकको २६६ औं सञ्चालक समितिको बैठकले बोनस सेयरसँगै कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांस पनि दिने निर्णय गरेको छ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २९ करोड ७५ लाख  रुपैयाँले थपिएर २ अर्ब ७७ करोड लाख रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ४७ करोड रुपैयाँ छ ।

गत वर्ष बैंकले ४५ करोड रूपैयाँ खुद नाफा कमाएको थियो ।

नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै सञ्चालक समितिको यो निर्णय लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?