+
+

मन्त्री बस्नेतले भने- गाउँ-गाउँमा घरेलु उद्योगको विकास गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १० गते १२:०१

१० असोज, भक्तपुर । उद्योग मन्त्री महेश बस्नेतले गाउँ-गाउँमा घरेलु उद्योगको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

mahesh-basnetगंगा महिला हस्तकला केन्द्रले भक्तपुरको सूर्यविनायकमा सञ्चालन गरेको दसँै तिहार मेलाको आज अवलोकन गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

उनले भने- ‘गाउँ-गाउँमा घरेलु उद्योगको प्रवर्द्धनले देशको गरिबी न्यूनीकरणमा सहयोग पुर्‍याउँछ, उद्योग मन्त्रालयले यसका लागि पहल सुरु गर्छ ।’

गाउँ-गाउँमा घरेलु उद्योग, हातहातमा सीप पुर्‍याउने लक्ष्य आफूले लिएको बताउँदै उनले प्रत्येक नेपालीले नेपालमा उत्पादित सामानको प्रयोग बढाउनुपर्ने बताए ।

त्यस अवसरमा केन्द्रकी प्रमुख गंगा माकले मेलाबाट उपभोक्तालाई पुगेको सहयोगका बारेमा जानकारी गराएकी थिइन् । मेलामा खाद्यान्न, चिनी, लत्ताकपडा र घरेलु उत्पादनका कक्ष राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?