Comments Add Comment

सीसी क्यामराले देख्दैन घुस्याहा कर्मचारी

ghus-line-sthan-1
सलमान खान

१० असोज, भैरहवा । भैरहवा भन्सार कार्यालय बेलहियामा घुसको लेनदेन हुने स्थानमा सीसी क्यामरा जडान गरिएको छैन । कार्यालयमा सीसी क्यामेरा त छन्, तर उल्टोतिर फर्काएर राखिएका छन् ।

‘सीसी क्यामेरा यता राखे कर्मचारीले उताबाट घुस लिन्छन्, उता राखे यताबाट लिन्छन्’ भैरहवा भन्सार कार्यालय बेलहिया प्रमुख लावन्यकुमार ढकालले अनलाइनखबरसँग भने ।

कार्यालयको पारर्दशिताका लागि जडान गरिने सीसी क्यामरा भैरहवा भन्सार कार्यालयमा प्रभावकारी देखिएको छैन । सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले झोलापोका चेकजाँच गर्ने स्थानमा खुल्लमखुल्ला घुस लिने गरेका छन् । तर, त्यहाँ जडान गरिएको सीसी क्यामेरा घुस लिनेतर्फ नभई अर्कैतर्फ फर्काएर राखिएको छ ।

ghus-liyera-chadeko.

इलाका प्रहरी कार्यालय बेलहियाले ८ वटा र भैरहवा भन्सार कार्यालयमा १६ वटा सीसी क्यामरा राखिएका छन् ।

त्यसैगरी सीमामा जडान गरिएका कुल २४ वटा सीसी क्यामेरामा सरकारी कर्मचारीले घुस लिएको देखिए पनि कार्वाही गर्ने परम्परा छैन ।
भन्सार छली नियन्त्रणका लागि भन्सार कार्यालयबाट सधैं १०/१२ जना सादा पोसाकमा कर्मचारी खटे पनि साँझ घुस असुलेर र्फकने गरेको स्रोतले बतायो ।

नेपाल भारत सीमाको दशगजादेखि बेलहिया गाउँमा भित्रिने दुइवटा गल्लीमा दैनिक लाखौँ रुपैयाँ बराबरको खुल्लमखुल्ला तस्करी र घुसखोरी हुने गरे पनि सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले घुस लिएर नुन जोहो गरिरहेको प्रत्यक्ष देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment