Comments Add Comment

एक युगमा एक पटक आउने संविधानसभा हाम्रै पालमा २ पटक आयो : मन्त्री सिंह

chanada
११ असोज, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाका बारेमा आफूहरुले गरेको प्रचार नै गलत सावित भएको बताएका छन् । पहिले एक युगमा एक पटकमात्र संविधानसभा हुने भन्दै चुनावी मैदानमा उत्रिएर प्रचार गरेपनि निर्धारित काम गर्न नसक्दा दुई पटक संविधानसभाको निर्वाचन गर्नुपरेको बताए ।

चन्दा प्रोडक्सन प्रालीले कार्यक्रम सहयात्राको पचासौ भाग पूरा गरेको अवसरमा राजधानीमा गरेको एक कार्यक्रममा मन्त्री सिंहले आफूहरुले गरेको प्रतिवद्धतालाई कायम गर्नका लागि पनि संविधान निर्माणमा एक जुट भएर लाग्नुपर्ने बताए ।

धेरै शक्ति संविधान निर्माण मै केन्द्रीत भएको भन्दै सिंहले समग्र नेपालीको मुद्दालाई समेट्ने संविधान जारी भए देशले गति लिने र समग्र क्षेत्रको विकास हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment