+
+

माओवादीलाई अलग्याएर संविधान बन्दैन : प्रवक्ता शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ११ गते १४:३१

११ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले आफ्नो पार्टीलाई अलग्याएर संविधान बन्न नसक्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नियमित प्रवक्ता-पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले प्रक्रियाबाट जाने कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए । उनले भने-‘हामी सहमतिमा जोड दिन्छौं, प्रक्रियामा जान पनि सहमति चाहिन्छ ।’

आफ्नो पार्टीले बृहत् शान्ति सम्झौता र अन्तरीम संविधानको आधारमा सहमतिको कुरा गरेको उनको भनाइ थियो ।

एमाओवादी प्रवक्ता शर्माले संसद खुलाउन सत्ताधारी नै तत्पर नभएको बताए । आफ्नो पार्टीको संसद अवरुद्ध गर्ने कुनै चाहना नभएको भन्दै उनले सहमति कार्यान्वयन भए संसद सुचारु हुन कुनै समय नलाग्ने बताए ।

संसदको गतिरोध अन्त्यका लागि दलहरुका बीचमा छलफल भइरहेको भन् उनले सहमति हुने विश्वास व्यब्क्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?