Comments Add Comment

एन्फा अध्यक्षको हैसियतमा काम नगर्न गणेश थापालाई लेखाको निर्देशन

१२ असोज, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापालाई अध्यक्षको हैसियतले कामकाज नगर्न निर्देशन दिएको छ ।

ganesh-thapaलेखा समितिको आइतबार बसेको बैठकले थापामाथि लागेको भ्रष्टाचारको आरोपको छानविन किनारा नलाग्दासम्म अध्यक्षको पद स्थगन गर्न गराउन निर्देशन दिएको हो ।

राप्रपा नेपालका सभासदहरूको विरोधका बीच सभापति जर्नादन शर्मा प्रभाकरले थापाको पद स्थगनको प्रस्ताव राखेका थिए । जसलार्इ कांग्रेस, एमालेसहितका दलका सभासदले सर्मथन गरेका छन् ।

लेखा समितिले छनविनपछि कारबाही भएको निर्णय नआउँदासम्म थापाको अध्यक्ष पद स्थगन गरी जानकारी गराउन खेलकुद मन्त्रालयलाई भनेको छ ।

लेखा समितिले गणेश थापाबारे १६ प्रश्न उठाउँदै छानविनका लागि सम्पत्ति सुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । ‘५८ करोड बढी अनियमिता भएको देखिएको छ’ लेखा समिति सदस्य सभासद रामहरि खतिबडाले अनलाइनखबरसँग भने-‘छानविन गरेर कारबाहीका लागि सम्पत्ति सुद्धीकरण र अख्तियारलाई निर्देशन दिइएको छ ।’

लेखाले एफसीका अध्यक्षबाट थापाका छोरा गौरवले लिएको १ लाख डलर, गोल प्रोजेक्टका लागि आएको १७ करोड ४८ लाख ७० हजार, नगरपालिबाट आएको २० प्रतिशत करमको ६४ करोड ६७ लाख अडिटमा नभएकोबारे छानविन गर्नु पर्ने बताएको छ ।

यस्तै खेलाडी कल्याण कोषको ४० लाख, टिकटबाट आएको रकम, खेलाडी पुरस्कार लगायतका विषय पनि छानविन गर्न भनिएको छ ।

एन्फामा अनियमिता भएको भन्दै उपाध्यक्ष कर्माछिरिङ शेर्पासहितका अधिकारीले लेखा समितिसँगै अख्तियारमा समेत उजुरी दिएका थिए ।

तर, लेखाले छलफल गरिरहेकै बेला थापालाई मन्त्रिपरिषदले भर्खरै राप्रपा नेपालको कोटामा सभासद मनोनित गरेको थियो । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ समेत हुन् ।

समितिले खेलकुद क्षेत्रमा देखिएका विकृति, खेलाडीमा भएको विभेद र समग्र क्षेत्र क्षेत्र पुनसंरचनाका लागि आवश्यक ऐन कानुन परिमार्जनको प्रक्रिय अघि बढाउन युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment