Comments Add Comment

तीन दलका शीर्ष नेताले दिए सकारात्मक संकेत

१२ असोज, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु व्यवस्थापिका संसदको गतिरोध आजै खुलाउन सकारात्मक भएका छन् ।

सिंहदरवारमा तीन दलका शीर्ष नेता र कांग्रेस एमालेका नेताहरुबीच अलग अलग भएका छलफलले सहमतिको नजिक लगेको नेताहरुले बताएका छन् ।

संविधानका अन्तरवस्तुमा सहमति खोज्ने र संसदको अवरोध खुलाउने बारेमा गम्भिर छलफल भएको र आजै संसद खुलाउने गरि फेरि वार्ता हुने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठले संवाददाताहरुसँग भने-छलफल सकारात्मक भएको छ, केही विषय टुंगिन बाँकी रहेकाले चार बजे संसद बैठक अघिनै फे शिीर्ष बैठक बसेर सहमति हुने र संसद खुल्ने सम्भावना छ ।’

नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले पनि राज्य पुनसंरचनाका विषयमा केही कुरा बाँकी रहेकाले पुनः छलफल गरेर संविधानमा कुरा मिलाउने र संसद खुलाउने एकैचोटी हुन सक्ने बताए ।

कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकपछि कांग्रेस र एमालेबीच अलग्गै छलफल भएको थियो ।
संसद खुलाउनका लागि उच्चस्तरीय संयन्त्रको संयोजक प्रचण्डलाई दिने र मधेशवादी र जातीय पार्टीका नेताहरुलाई पनि सामेल गर्ने बारेमा कांग्रेस एमालेबीच छलफल चलेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment