Comments Add Comment

संविधानमा सहमति भए कांग्रेस-एमाले प्रचण्डलाई संयोजक मान्ने

Three-party-meet

१२ असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले सशर्त एमाओवादी अध्यक्ष प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक दिन सकिने बताएका छन् ।

सिंहदरवारमा आइतबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा कांग्रेस र एमालेका नेताहरुले राजनीतिक संयन्त्र गठनमा सहमति गर्दा संविधानको अन्तरवस्तुमा पनि सहमति गर्नु पर्ने सर्त राखेका हुन् । तर, एमाओवादीले कांग्रेस र एमालेको प्रस्ताव अस्वीकार गरेको छ ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलेले संयन्त्र बनाएर प्रचण्डलाई संयोजक दिने सहमति गर्दा संविधानका विषयबस्तुमा सहमति गर्ने र नभए प्रक्रियामा जानु पर्ने प्रस्ताव राखे । ‘१४ गतेभित्र सहमति गरौं, नभए २१ गतेभित्र प्रश्नहरु बनाएर संविधानसभामा प्रतिवेदन पेश गर्ने सहमति गरौं’-पौडेलले भने ।

एमाले नेता अग्नि खरेलले ३/४ महिनाका लागि प्रचण्डलाई संयोजक दिने सहमतिसँगै संविधानका विवादित विषयमा सहमति गर्नु पर्ने दुई दलको प्रस्ताव भएको बताए । तर, संयन्त्रको संयोजक स्थायी रुपमा दिन नसक्ने उनले बताए ।

एमाओवादीले भने ससर्त संयन्त्र बनाउने प्रस्ताव नस्वीकार्ने बताएको छ । कांग्रेस र एमाले सहमतिका लागि गम्भीर नभएको उसले आरोप लगाएको छ । ‘शीर्ष नेताहरु बैठकमै उपस्थित हुँदैनन् । भएपनि विषयबस्तुमा केन्द्रीत भएर छलफल नै गर्न चाहँदैनन, संबिधान निर्माणमा उनीहरु पटक्कै गम्भिर छैनन’ एक एमाओवादी नेताले अनलाइनखबरसँग भने ।

तीन दलबीच सहमतिको सम्भावना कम देखिएपछि एमाओवादी अध्यक्ष प्रचण्डले मोर्चाबन्दीमा जोड दिएका छन् । प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले जनजाति पार्टीहरुको मोर्चासँग सहकार्य गर्ने सहमति गरेको छ ।मोर्चाले १९ गतेभित्र आन्दोलन घोषणा गर्ने गरी गृहकार्य थालेको छ ।

तीन दलबीच सहमति हुन नसकेपछि एमाओवादीसहितका विपक्षी दलहरुले चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै आइतबार पनि संसद अवरुद्ध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment