Comments Add Comment

केपी ओली झापा हिँडेपछि तीन दलको बैठक भाँडियो

१३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘झापा जानु छ’ भन्दै हिँडेपछि प्रमुख तीन दलको बैठक प्रभावित भएको छ ।

सदनका अवरोध हटाउने र संविधानका विवादित विषयमा पनि सहमति खोज्न भन्दै कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।

भीम रावल, विद्या भण्डारी लगायतका नेताहरुलाई जिम्मेवारी दिनु भएको छ- अग्नि खरेल

तर, सिंहदरवारमा बैठक सुरु भएको केहीबेरमा नै एमाले अध्यक्ष ओली ‘१० बजे झापा जानु छ’ भन्दै बैठकबाट बाहिरिए ।

‘भोलि पनि आउँदिन । पर्सी ४ बजेमात्र आउँछु भनेर केपी ओली जी हिँड्नुभो’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरसँग भने–‘यसले संविधान निर्माण र सदनको अवरोध हटाउन गम्भीर छैन कि भन्ने प्रश्न खडा भएको छ ।’

ओली हिडेपछि तीन दलको बैठक भाँडिएको छ ।

यद्यपि कांग्रेस, एमाले र एमाओवादीका नेताहरुबीच दुई पक्षीय छलफलको प्रयास भइरहेको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरुबीच सहमतिको प्रयास भइरहेको बताए ।

एमाले प्रमुख सचेतक अग्नि खरेलले भने अन्य नेतालाई जिम्मेवारी दिइएको बताएका छन् । ‘भीम रावल, विद्या भण्डारी लगायतका नेताहरुलाई जिम्मेवारी दिनु भएको छ’ खरेलले अनलाइनखबरसँग भने–‘पर्सी तीन दलकै बैठक राखिएको छ ।’

उनका अनुसार सम्वाद समितिमा पनि छलफल र सहमतिको प्रयास हुनेछ । डा. बाबुराम भट्टराई संयोजक रहेको सम्वाद समितिलाई सहमतिका लागि संविधानका अन्तरवस्तुमा दिएको समयसीमा मंगलबार सकिँदैछ ।

२१ गतेभित्र सहमति नभएका विषयमा प्रश्नावलीसहित प्रतिवेदन पेश गर्नुपर्नेछ । तर, एमाले प्रमुख सचेतक खरेल भने २१ गतेसम्म नै सहमतिको प्रयास गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment