Comments Add Comment

प्रधानमन्त्रीले युरोपियन कमिसन अध्यक्ष जोसेलाई भेटे

pm-meeting
१५ असोज, बेल्जियम । प्रधानमन्त्री सुशील कोइराला र युरोपियन कमिसनका अध्यक्ष जोसे मानुइल बारासोबीच बुधबार भेटवार्ता भएको छ ।
कमिसनको मुख्यालय ब्रसेल्समा भएको भेटवार्तामा उहाँहरुबीच नेपालको शान्तिप्रक्रिया, संविधान लेखन, युनियन र नेपालबीचको सम्बन्ध तथा सहयोगका प्राथमिकताका क्षेत्रबारे छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक तथा सामाजिक विकासका साथै लोकतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा शान्तिप्रक्रिया, संविधान लेखनमा युरोपियन युनियनले पुर्‍याउँदै आएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गरे ।

राजनीतिक दलहरुबीचको सहकार्य र सहमतिका आधारमा निर्धारण गरिएको समयसीमाभित्रै संविधान जारी गर्न लचकताका साथ सहज वातावरण बनाउने प्रयत्न गरिरहेको बताउँदै उनले नेपालको समृद्धिका लागि इयुका तर्फबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास रहेको बताए ।

त्यस अवसरमा अध्यक्ष बारासोले नेपालको शान्तिप्रक्रिया र संविधान लेखन कार्यमा युनियनले भरपर्दाे मित्रका रुपमा सहयोग पुर्‍याउँदै आएको बारे चर्चा गरेको परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव शंकरदास वैरागीले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिई स्वदेश र्फकने क्रममा प्रधानमन्त्री कोइराला सङ्घीय अधिराज्य बेल्जियम र लक्जेमबर्ग भ्रमणमा छन् ।

दिउँसो नेपाली दूतावासले नेपाली समुदायसँग आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री कोइराला सहभागी हुनेछन् । प्रधानमन्त्री कोइराला स्वदेश र्फकने क्रममा राति अवुधावी प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment