१६ असोज, काठमाडौं । प्रहरीको नियन्त्रणको अवस्थामा अनसनमा रहेका डा. सीके राउतले अनसन तोडेका छन् । सरकारको आग्रहमा १० दिनदेखि अनसन बसिरहेका राउतले बुधबार अनुसन तोडेका हुन् ।
तराईलाई नेपालबाट अलग गरिनुपर्ने विवादास्पद अभिव्यक्तिका कारण फक्राउ गरि हिरासतमा राखिएका राउत अनसनमा बसेका थिए । उनलाई अनसन स्थलमै गएर नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।
सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल र कृषिमन्त्री हरि पराजुलीले अभिव्यक्ति स्वतन्त्रलाई सरकारले सम्मान गर्ने जनाएपछि राउत अनसन तोड्न राजी भएका थिए ।
गत भदौ २९ गते मोरङको रङ्गेलीबाट पक्राउ परेका राउतलाई अदालतको आदेशमा थुनामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4