Comments Add Comment

‘हैदर’को व्यापार ठिकठाक, समिक्षा राम्रो

haider-film
साहिद कपुर र श्रद्धा कपुरको अभिनय रहेको चर्चित चलचित्र ‘हैदर’ले पहिलो सातामा ३८.४५ करोडको व्यापार गरेको छ । भारतका करिब १२ सय पर्दामा चलिरहेको यो सिनेमाको व्यापारलाई राम्रो भनिएको छ ।
चर्चित साहित्यकार शेक्सपियरको चर्चित कृती ‘ह्याम्लेट’माथि बनेको यो सिनेमालाई समिक्षकहरुले भने निक्कै राम्रो भनेका छन् । भारतका अधिकांश मिडियाहरुले सिनेमालाई गतिलो रेटिङ गरेका छन् । ५ मा ५ सम्मको रेटिङ सिनेमाले पाएको छ ।

बलिउडमा बनेका निक्कै कम सिनेमाले मात्र यस्तो लोभलाग्दो रेटिङ पाएको देखिन्छ ।
नेपालमा पनि ‘हैदर’को व्यापार राम्रो रहेको वितरक संस्था दर्शना आर्टस्ले जनाएको छ । चलचित्रको माउथ पब्लिसिटी र समिक्षा राम्रो भएकाले पनि सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment