Comments Add Comment

मंगल ग्रह चुम्ने एलिसाको इच्छा

Alyssa-Carson

अमेरिकाकी एलिसा कार्सनको उमेर १३ वर्षको भयो । तर, उनको इच्छा छ, मंगल ग्रहमा पाइला टेक्ने पहिलो मानिस बन्ने ।

मंगल ग्रहमा जाने, त्यो पहिलो पहिलो मानवका रुपमा यो चाहना राख्दैमा हुने होइन । तर, उनको सपना पूरा हुन सक्ने नासाले बताएको छ ।

एलिसाले नासामा ट्रेनिङ गरेकी छन् । नासाका पल फर्मेन भन्छन्, यस्तो इच्छा राख्ने बच्चाहरुलाई नासाले निकै गम्भीर रुपमा लिने गरेको छ ।

एलिसा यतिबेला विज्ञान पढिरहेकी छन् र उनीसँग थुप्रै भाषाको ज्ञान पनि छ । विदाको समयमा उनी पियानो बजाउन र फुटबल खेल्न रुचाउँछिन् ।
उनी नासाको तीनवटै वर्ल्ड स्पेस क्याम्पमा ट्रेनिङ लिने पहिली महिला हुन् ।

अमेरिकी स्पेस एजेन्सी नासामा उनलाई ब्लूबेरी नामले बोलाइन्छ ।

आगामी २० वर्षमा मंगल ग्रहमा पुग्ने उनको लक्ष्य रहेको उनका पिता बताउँछन् । दृढ इच्छाशक्ति र सही तालिमले एलिसालाई मंगलग्रहमा पुग्न सहयोग गर्ने उनका पिताको विश्वास छ ।

तर, मंगल ग्रहमा गएपछि र्फकन मुश्किल छ । एलिसा भने यसका बाबजुत जान चाहन्छिन् ।

-बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment