+
+
Shares

भुटानी शरणार्थी पेस्तोलसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १३:०२

२३ असोज, विराटनगर । मोरङ प्रहरीले हतियारसहित एक भुटानी शरणार्थीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पथरी शनिश्चरे-८ स्थित भुटानी शरणार्थी शिविर सेक्टर १४ हट नम्बर ३६ बस्ने ३० आइतराज राईलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा राईको घरमा खानतलासी गर्दा मेड इन इटाली लेखिएको एक थान पेस्तोल र म्याग्जिन फेला परेको डीएसपी प्रभुप्रसाद ढकालले बताए ।

राजमार्ग आसपासका क्षेत्रमा हुने लुटपाटका घटनामा राईको संलग्नता रहेको प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?