Comments Add Comment

आजदेखि रामकुमारप्रसाद साह प्रधानन्यायाधीश

ramkumar-Prasad-saha-ko-sap२४ असोज, काठमाडौं । बरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद शाहले प्रधानन्यायधीशको सपथ खाएका छन् । राष्ट्रपति रामबरण यादवले साहलाई आज बिहान सपथ ग्रहण गराएका हुन् । राष्ट्रपति निवासमा भएको एक कार्यक्रममा साहलाई प्रधानन्यायाधीको सपथग्रहण गराइएको थियो ।

संवैधानिक परिषद्ले भावी प्रधान्यायाधीशमा वरिष्ठतम न्यायाधीश साहलाई सिफारिस गरी सुनुवाइ विशेष समितिमा पठाइएकामा सो समितिले यही असोज १४ गते संसदीय सुनुवाइ गरी साहको नाम अनुमोदन गरेको थियो ।

वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहले शुक्रबारदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।

शर्माको विदाई

प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा भने उमेर हदका कारण बिहीबारदेखि सेवानिवृत्त भएका छन् ।

शर्मालाई बिहीबार अपराहृन सर्वोच्च अदालतका न्यायाधीश र वरिष्ठ कर्मचारीले बिदाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment