+
+

श्रीकृष्णलाई संझदै कलाकारको नेफ्टा अवार्ड तयारी(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २४ गते १४:११

gaurba-and-nita
‘सुनसुन सनम हुँदै आहा कलिलो तामाले, फूलपाती भाकौला, हङकङ आइडीले’ जस्ता चर्चित गीतमा नेपाली सिनेमाका कलाकारहरु नृत्य गर्दै थिए । काठमाण्डौको अल्फा हाउसमा कलाकारहरुको यो नृत्य कात्तिक ३ गते आयोजना हुन लागेको ‘सातौ नेफ्टा फिल्म अवार्ड’का लागि हो ।

हङकङमा आयोजना हुन लागेको यो अवार्ड समारोहलाई भव्य बनाउन आयोजक लागिपरेको छ । नृत्य निर्देशक बसन्त श्रेष्ठ पनि कलाकारहरुको प्रतिभालाई निचोरेर बाहिर निकाल्न खोजिरहेका थिए । वसन्तका सहयोगी दीपेन्द्र बालक पनि कलाकारलाई नृत्य सिकाउन व्यस्त देखिए ।

कलाकार दीलिप रायमाझी थकित मुद्रामा देखिए । कलाकारहरुलाई उनको कमेडी शैलीले उर्जा दिइरहेको थियो । माथि उल्लेख गरिएका ३ गीतमा दीलिप रायमाझी र केकी अधिकारी, सुदर्शन थापा र पूजा शर्मा, गौरव पहाडी र नीता ढुंगाना जोडी वाधेर नृत्य गर्दैछन् । jharana-and-nandita jiwan-luitel

अवार्डको तयारीका लागि नायक जीवन लुइटेल पनि भेटिए । उनी नायिकाद्धय झरना थापा र नन्दिता केसीसँग मिलेर स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई गीतमार्फत श्रद्धाञ्जली दिने तयारीमा छन् । यो जोडीले ‘फूलको थुंगा हौकी, संझना विर्सना’ जस्ता गीतमा नृत्य गर्नेछ ।

अवार्ड समारोहमा मलिना जोशी, अर्पण थापा, सौगात मल्लले  पनि प्रस्तुती दिनेछन् । नायक राजेश हमालले श्रीकृष्णप्रति श्रद्धाञ्जली दिदै १० मिनेट लामो कविता बाचन गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक पुष्कर लामाका अनुसार दशै अगाडिबाट सुरु भएको नृत्य तयारी यो महिनाको अन्तिमसम्म चल्नेछ । यसपटकको अवार्डमा कलाकारको प्रस्तुती निक्कै आकर्षक रहने संयोजक लामाले बताए । कात्तिक १ गते अवार्डका लागि कलाकारहरु हङकङ उड्ने कार्यक्रम छ । keki-adhikari-dance puja-and-sudarsan

नेपालका लागि नेपाल चलचित्र प्राविधिक संघसँग सहकार्य गर्दै निर्माता सुनिल कुमार थापाको एस.के प्रोडक्शनले अवार्डको आयोजना गरेको हो । हङकङका लागि भने विनय शाहको ग्रेट पर्फ]{ट कम्पनीले अवार्डको सम्पूर्ण जिम्मा लिएको छ । यसअघि चलचित्र प्राविधिक संघले निर्माता सुवास गिरीसँग मिलेर मलेसियामा ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ गरेको थियो । dilip-rayamji keki-and-puskar sudarsana-and-basanta-shres

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?