+
+

सहुलियतको चामलमा पनि व्यापारीकै हालिमुहाली

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २५ गते ६:३९
फाइल तस्वीर
फाइल तस्वीर

२५ असोज, काठमाडौं । सरकारले सर्वसाधारणका लागि भनेर सञ्चालन गरेको सुपथ मूल्य पसलबाट पनि व्यापारीले फाइदा उठाइरहेका छन् । सुपथ पसलबाट एउटै व्यापारीले बोराका बोरा चामल सस्तोमा किनेर सर्वसाधारणलाई महँगोमा बेचिरहेका छन् ।

चाडपर्वमा सर्वसाधारणलाई खाद्यान्न खरिदमा सहुलियत दिन सरकारले संस्थानहरुमार्फत १ असोजदेखि सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याएको थियो । खाद्य संस्थानले विभिन्न स्थानमा राखेका यस्ता पसलबाट चामल प्रतिकिलोमा पाँच रुपैयाँ छुट दिएर बिक्री गरिरहेको नयाँ पत्रिकामा खबर छ ।

खास गरेर किराना पसलेले सुपथ मूल्य पसलबाट चामल किनेर लैजाने गरेका छन् । सहुलियतमा किनेको चामल व्यापारीले अर्कै बोरामा प्याक गरी महँगो मूल्यमा उपभोक्तालाई बेच्ने गरेका छन् ।

खाद्य संस्थानले एक व्यक्तिलाई एक बोरा चामल मात्रै सुपथ मूल्यमा बेच्ने भनेको छ । तर, एउटै व्यापारीले धेरै बोरा चामल लैजाने गरेको संस्थानकै कर्मचारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?