+
+

आज गैरआवासीय नेपाली दिवस मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २५ गते ११:४०

२५ असाेज, काठमाडौ । गैरआवासीय नेपालीहरुले शनिवार गैरआवासीय नेपाली दिवस मनाउँदै छन् । दिवसको सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले साताब्यापी विविध कार्यक्रम गर्दै आएको छ । संघले हरेक अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) मनाउँदै आएको हो ।

nrna_logo_latestनेपाल सरकारले नै अक्टोबर ११ लाई गैरआवासीय नेपाली दिवस (एनआरएन डे) घोषणा गरेपछि हरेक अक्टोबर ११ तारिखमा गैरआवासीय नेपालीहरुले ‘एनआरएन डे’ मनाउँन थालेका हुन् ।

‘एनआरएन डे’ को विशेष कार्यक्रमको शनिवार दिउँसो प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको एनआरएनएका प्रवक्ता मन केसीले जानकारी दिए ।

यस्तै, शनिवार दिवसका दिन स्वयम्भु र पशुपतिमा पूजा, गैरआवासीय नेपालीको लगानीमा निर्माणधिन शेराटन काठमाडौं होटलको शिलान्यास एवं विभिन्न परोपकारी कार्य हस्तान्तरण गरिने पनि प्रवक्ता केसीले जानकारी दिए ।

यसका अतिरिक्त बाढी पिडितलाई सहयोग, खुला विश्वविद्यालय सम्बन्धी कार्यपत्र, एनआरएन लगानी, पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगार सम्बन्धी उद्दार कार्यक्रम, गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीपको रुपान्तरण, विज्ञान तथा प्रविधि सम्बन्धी कार्यपत्रहरुमा छलफल समेत गरिने एनआरएनले जनाएको छ ।

गैरआवासीय नेपाली दिवस अन्तर्गत अक्टोबर ५ देखि विविध कार्यक्रमहरु जारी राखिएको गैरआवासीय नेपाली संघका प्रवक्ता केसीले बताए । दिवसको अघिल्लो दिन शुक्रवार काठमाडौको शंखमुलमा बनाइन लागेको सुविधासम्पन्न हरित उद्यानको सरकारका मुख्य सचिव लीलामणि पौडेलले सिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?