+
+

सिरोहियालाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १५:३१

९ जेठ, जनकपुरधाम । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?