+
+

ग्लोबल बैंकले भारतबाट आइडिबीआई बैंकमार्फत रेमिट्यान्स भित्राउने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १६:१९

Glowal-IME-Band-&-IDBI-Bank-India-MOU
२६ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकले भारतीय आइडिबीआई बैंकसँग मिलेर भारतबाट नेपालमा रेमिट्यान्स भित्राउने भएको छ । यसका लागि दुबै बैंकबीच आइतबार रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइडिबीआई बैंकका वरिष्ठ महाप्रवन्धक मेदा जोशीले आइतबार संयुक्त हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंका अध्यक्ष चन्द्र ढकाल र भारतीय दूतावासका प्रथम सचिव आशिष सिन्हाको समेत उपस्थिती रहेको थियो ।

भारतबाट रेमिट्यान्स भित्राउने गरी ग्लोबल बैंकले यसअघि २०१२ मा भारतको युनाइटेड बैंक अफ इन्डीयासँग सम्झौता गरी कारोबार गर्दै आएको छ । युनाइटेड बैंकसँग भएको सम्झौतापश्चात भारतबाट नेपालमा पैसा पठाउन केही सहजता भएको थियो ।

अहिले प्रत्येक महिना युनाइटेड बैंक अफ इन्डियाका २०० भन्दा बढी शाखाहरुबाट ४० करोड भारतीय रुपैयाँको हाराहारीमा रेमिट्यान्स नेपाल भित्रिने गरेको कम्पनीले जनाएको छ । रोजगारीका लागि भारतका बिभिन्न सहरहरुमा रहेका नेपालीहरुले सहज रुपमा नेपालमा बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउने गरेका छन् ।

सेवालाई थप विस्तार गर्ने उद्देष्यसहित आइडिबीआई बैंकसँग सम्झौता गरेको बैंकले जनाएको छ । सम्झौताअनुसार नेपालीहरुले आइडिबीआई बैंकका भारतमा रहेका आफ्ना १४६८ शाखाहरुबाट ग्लोबल आइएमई बैंकमार्फत नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

आइडिबीआई बैंकका सम्पूर्ण शाखाहरु तथा इन्टरनेशलन मनी एक्सप्रेस (आइएमई) का २५ सयभन्दा बढी एजेन्टहरुबाट तत्काल भुक्तानी लिन सकिने बताइएको छ ।  ग्लोबल आइएमई बैंक र आइडिबीआई बैंकबी विस्तार भएको यो सम्बन्ध नेपाली रेमिट्यान्स इतिहासमा अर्को कोशेढुङ्गा साबित हुने विश्वास लिइएको छ ।

नेपालको कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । नेपालको अर्थतन्त्रमा मुख्य टेवा पुर्‍याइरहेको रेमिट्यान्स सेवालाई अझ सहज र सरल बनाउन बैंकहरु तथा अन्य संस्थाहरु लागी परेका छन् । यो सम्झौताले भारतबाट आउने रेमिट्यान्सलाई पनि संस्थागत गर्न सहयोग पुर्‍याउन कटिबद्ध रहेको ग्लोबल बैंकले जनाएको छ ।

यसको अलवा आइडिबीआई बैंकसँगको सहकार्यलाई अन्य बैंकिंङ सेवाको निमित्त पनि विस्तार गर्न सक्ने गुन्जाइस रहेको तथा सोको निमित्त दुबै बैंकहरुले प्रयास गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?