+
+

अर्थ मन्त्रालयले भात नखुवाउँदा पासपोर्ट वितरण प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २७ गते ६:४५

Passport_nepal२७ असोज, काठमाडौं । बिहान सात बजेदेखि नै खटिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई खाना खुवाउन आवश्यक रकम अर्थ मन्त्रालयले निकासा नगरिदिएपछि राहदानी वितरण प्रभावित हुने भएको छ ।

राहदानी विभागमा करारमा कार्यरत ७४ मध्ये ३० कर्मचारी बिहान सात बजे नै कार्यालय आइपुग्ने गरेका छन् । त्यसबापत उनीहरुलाई भत्ता नदिई बिहानको खाना खुवाउने गरिएको थियो । तर, माग गरेको २० लाख रुपैयाँ अर्थले दिन नमान्दा विभागले ती कर्मचारीलाई सबेरै बोलाउन नसक्ने भएको नयाँ पत्रिकामा खबर छ । यसबाट राहदानी वितरणको समय नै प्रभावित हुने भएको छ । विभागले भने राहदानी वितरणबाट दैनिक झन्डै तीन करोड राजस्व उठाउँछ ।

बजेट नपाउँदा कात्तिकबाटै काउन्टर खुल्ने समय परिवर्तन गर्नुपर्ने अवस्था आएको विभागका एक उच्च अधिकारीले जानकारी दिए । यसको प्रत्यक्ष असर सेवाग्राहीलाई पुग्नेछ । हाल विभागले सात बजे टोकन बाँडेर आठ बजेबाट काउन्टर खोल्ने गरेको छ ।

टोकन बाँड्ने कार्यालय सहायक, काउन्टरमा बस्ने कम्प्युटर अपरेटर र उनीहरुलाई बिहान ६ बजे घर-घर लिन पुग्ने सवारीचालकलाई विभागले खानाको व्यवस्था गरेको थियो त्यसका लागि अघिल्लो आर्थिक वार्ष्मा अर्थ मन्त्रालयले विविध शीर्षकअन्तर्गत २४ लाख रुपैयाँ निकासा गरेको थियो । साउनयता विभागलाई दिएको चार लाख रुपैयाँ एक महिनाअगाडि सकिएपछि राहदानी विभागले थप रकम मागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?