Comments Add Comment

स्पेनका लागि डिएयो कोष्टाको पहिलो गोल

Spain
२७ असोज, काठमाडौं । युरो कप छनोट फुटबलमा डिफेण्डिङ च्याम्पियन स्पेनले लक्जम्बर्गलाई पराजित गरेको छ ।

अघिल्लो खेलमा स्लोभाकियासँग अप्रत्यासित हार व्यहोरेको स्पेनले आइतबार राति लक्जम्बर्गलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २६ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो । ४२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–० को अग्रता लियो ।

पहिलो हाफमा गोलको राम्रो मौका खेल फालेका डिएगो कोष्टा दोस्रो हाफमा गोल गर्न सफल भए । ६९ औं मिनेटमा उनले गोल गरे । स्पेनका लागि उनको यो पहिलो गोल हो । स्पेनबाट फुटबल खेलेको ५१५ मिनेटमा उनले पहिलो गोल गरेका हुन् ।

खेलको ८८ औं मिनेटमा बार्नेटले गोल गरेपछि स्पेनको ४–० को जित सुनिश्चित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment