Comments Add Comment

‘सरी ल’की अनिता

subash-and-anita
पहिलो सिनेमा कलाकारका लागि महत्वपूर्ण हुन्छ । चलचित्र ‘सरी ल’बाट नेपाली सिने नगरीमा प्रवेश गरेकी कलाकार अनिता आचार्य पनि अहिले ढुकढुक मन लिएर बसिरहेकी छिन् । कारण, कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको व्यापारले उनको करिअरलाई महत्वपूर्ण असर गर्दछ ।

ऋषी लामिछानेले निर्देशन गरेको यो सिनेमामा कृष्णबहादुर महर्जनको लगानी छ । अञ्जु केसीको कथा रहेको सिनेमामा अनितालाई सुवास थापा र राजन खतिवडाले साथ दिएका छन् ।

सिनेमाको प्रचारका लागि निर्माणपक्ष अगाडि बढिरहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमालाई दर्शकले मन पराउने निर्देशक लामिछाने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment