
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘प्रेमलीला’ले व्यापार कमजोर गरेपनि हेर्ने दर्शकले मन पराएको यसको निर्माणपक्षले बताएको छ । नायिका दीपशिखा खड्का, भारतीय मोडल अली खान र मौसम खड्काको मुख्य भूमिका रहेको यो चलचित्रले २ देशका यूवा यूवतीविच हुने प्रेमलाई देखाएको छ ।
चलचित्रको निर्माण टिमले आयोजना गरेको विशेष शोमा यो चलचित्रलाई चलचित्रकर्मी र पत्रकारले राम्रो भनेका छन् । यस्तै, नायिका दीपशिखा खड्काको कामको पनि प्रशंसा भएको छ । पवन गौतमको छायांकन, चन्दन दत्तक र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको यो चलचित्र हेर्न हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि पुगेका थिए ।
नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको यो चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्मस्ले मिलेर बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4