+
+

भट्टराइले गरे बोर्डमा पदभार ग्रहण, भने–‘फिल्म क्षेत्रको अहितमा काम गर्दिनँ’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १८:४२

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा केही दिन अगाडि मात्र नियुक्त भएका चलचित्र निर्माता तथा कलाकार केशव भट्टराइले आज पदभार ग्रहण गरेका छन् । चलचित्र विकास बोर्ड पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेपछि बोर्ड अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रको हितका लागि सकेको काम गर्ने तर अहितमा कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने–‘विगतमा चलचित्र विकास बोर्डमा के कस्तो काम भए, त्यो मलाई थाहा छैन । म यहाँ रहने भनेको कुनै पनि राजनीतिक दलको कार्यकर्ता भएर होइन । मेरो चलचित्र क्षेत्रका संघसंस्थामाथि हस्तक्षेपकारी नीति पनि रहेनछैन ।’

बोर्ड अध्यक्षले आफूले सरकारलाई १६ बुँदामा महत्वकांक्षी योजना बुझाएको बताउँदै त्यसको बारेमा केही दिनमा जानकारी दिने पनि स्पष्ट पारे । उनले राष्ट्रिय चलचित्र नीति २०७१ लाई पारित गर्नका लागि आफूले प्रयास गर्ने पनि बतावए । साथै, उनले साउनदेखि लागू भएर पनि खासै सक्रिय नदेखिएको बक्स अफिस प्रणालीलाई लागू गर्नका लागि कटिबद्ध भएर लाग्ने पनि स्पष्ट पारेका छन् । यस्तै, अध्यक्ष भट्टराइले २ बर्षदेखि रोकिएको चलचित्र पुरस्कार र सम्मानको कामलाई पनि अगाडि बढाउने बताए । काठमाण्डौ वरिपरी सुविधा सम्पन्न इनडोर स्टूडियोको आवश्यकता परेको भन्दै उनले यसका लागि पहल गर्ने सुनाए ।

उनले चलचित्रकर्मीलाई आग्रह गर्दै भने–‘म चलचित्र विकास बोर्डमा धेरै भन्दा धेरै समय बिताएर काम गर्न चाहन्छु । यसैले मलाई साना–साना चलचित्रका कार्यक्रममा नबोलाइदिनुहोला ।’ पत्रकारले उनलाई विशेषगरि, नेपाली चलचित्रमाथि भैरहेको बलिउड चलचित्रको थिचोमिचो र त्यसमा वितरक र हल संचालकको आवद्धताको बारेमा बढी प्रश्न सोधेका थिए । उनले, नेपाली चलचित्रको हितका लागि काम गर्ने सुनाएका छन् ।

चलचित्र विकास बोर्डको सम्पूर्ण खर्च हिन्दी र अंग्रेजी सिनेमाबाट आउने करले नै चल्दै आएको छ । यसैले, बोर्डले ती चलचित्रको प्रदर्शनमा कुनै पनि खालको हस्तक्षेपकारी नीति लिन सकेको छैन । अध्यक्ष भट्टराइले राष्ट्रिय चलचित्र नीति पारित नहुँदा यस्तो बिषयमा समस्या आएको बताए ।

बोर्ड अध्यक्ष भट्टराइको कार्यकाल २ बर्षको रहनेछ । उनको कार्यकालमा चलचित्र क्षेत्रमा धेरै सुधार हुने अपेक्षा चलचित्रकर्मीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?