Comments Add Comment

‘यात्रा’ ट्रेलरमा सलिनको एक्सन, मलिका गायिका

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्म सम्बन्धी अध्ययन गर्ने विद्यार्थी, उनीहरुको योजना, गाउँमा मिठो स्वर भएकी एक यूवती, उनको करिअरमा ती विद्यार्थीले ल्याएको परिवर्तनलाई उठान गरिएको छ ।

चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेल, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत लगायतलाई देखाइएको छ । प्रतिक पौडेल, सुरेश न्यौपाने, शिशिर खातीको लेखन रहेको चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । चलचित्रमा सम्राटको कथा, पटकथा पनि छ ।

चलचित्रमा सुशिल पोखरेलको लगानी छ । चलचित्रमा विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ती तिम्सिना सह–निर्माताको रुपमा छन् भने चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सर्जुमान लिगल छन् ।

चलचित्रमा संजय लामाको छायांकन, प्रविण सिंहको कोरियोग्राफी छ । बनिष शाहले सम्पादन गरेको चलचित्रले एक भ्लगरको कथा भन्छ । कार्यक्रममा बोल्दै चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराइले मौसमका कारण चलचित्रको छायांकनमा लामो समय लागेपनि चलचित्र राम्रो बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment