२१ असोज । भारतीय केन्द्रीय बैंक आरबीआईले बुधबार रिपो दर ०.२५ प्रतिशत बिन्दुले बढाएको छ । हाल ५.२५ प्रतिशत रहेको रिपो दर ५.५० प्रतिशत कायम भएको छ । नीतिगत दरकै रुपमा भारतमा रिपो दरलाई लिइने गरिन्छ । यसकै आधारमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय हुने गर्छ ।
आरबीआई मोनिटरी पोलिसी कमिटीले मूल्यवृद्धि नियन्त्रणको प्रयासका लागि भन्दै रिपो दर केही बढाएको हो । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले तेलको मूल्य महँगिरहेको अवस्थामा त्यसले समग्र मूल्यवृद्धि बढ्न दबाब पुगिरहेको छ ।
रिपो दर बढेसँगै भारतका बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाउन दबाब पुग्ने छ । भारतमा घरजग्गा, सवारीसाधन लगायत खरिदमा अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा लागत केही महँगिन जानेछ ।
ब्याजदर बढ्दा भारतीय स्टक मार्केटमा समेत बुधबार ठूलो असर परेको छ । बुधबार बीएसई सेन्सेक्स ४२९ अंक (०.५९ प्रतिशत) घटेको छ ।
यसैबीच २०२६/२७ मा भारतमा मूल्यवृद्धि ५.२ प्रतिशत रहने आरबीआईको अनुमान छ । सो आर्थिक वर्ष आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम हुने अनुमान पनि गरिएको छ।
प्रतिक्रिया 4