+
+

पर्यटक सिजनमा बेमौसमी वर्षा र हिमपात

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २८ गते १७:११

२८ असोज, काठमाडौं । भारतको अण्डमान टापुबाट निस्किएको हुडहुन नामक समुद्री आाधीका कारण नेपालको तराइदेखि उच्च हिमाली क्षेत्रमा समेत भारी वर्षात गराएको छ ।

वर्षातका कारण हिमाली क्षेत्रमा हिमपात हुनुका साथै चीसो बढेर पर्यटकीय क्षेत्रबाट पर्यटकहरु धमाधम तल्लो तटीय क्षेत्रमा र्झन थालेका छन् । हिमाली जिल्लाहरुमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित हुनुका साथै पर्यटकीय सिजन भएकाले माथिल्लो भागमा पुगेका पर्यटकले समेत कष्ट भोग्नुपरेको पर्यटन व्यवसायीले बताएका छन् ।
जल तथा मौसम पुर्वानुमान महाशाखाले यो वर्षात अझै दुई दिन कायम रहन सक्ने बताएको छ । मुस्ताङमा बाक्लो हिमपातका कारण पर्यटकहरु बीच बाटोमै अलपत्र परेका छन् भने पोखरा जोमसोम उडान पनि अवरुद्ध भएको छ ।

कर्णालीका हुम्ला, मुगु र डोल्पामा पनि हिमपात परेको छ भने सोलुखुम्बुका नाम्चे माथिल्लो क्षेत्रमा हिमपात भएपछि पर्यटकहरु रोकिएका छन् ।

अक्टोबर महिना पर्यटकीय सिजन भएकाले बेमौसमी वर्षात र हिमपातले समस्या सिर्जना भएको व्यवसायी पेम्बा शेर्पाले बताए ।

हिमपातको अनुमान नभएकाले अधिकांश पर्यटकहरु माथिल्लो क्षेत्रको पदयात्रामा निस्कदा पर्याप्त न्यानो लुगा र लजिष्टिकहरु लैजान नपाएको अर्का पर्यटन व्यवसायी सुरेश श्रेष्ठले अनलाइनखबरलाई बताए ।

उता नुवाकोट र रसुवाको उच्च भेगमा चिसो बढेसागै पर्यटकीय क्षेत्रहरुमा बाक्लो हिमपात भएको छ । पानी परेपछि रसुवाको लाङटाङ, गोसाइकुण्ड, साङ्जेन, गणेश हिमाल आसपासका क्षेत्रमा हिमपात परेको रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइले जानकारी दिए ।

गोसाइकुण्ड पदमार्गमा रहेको चोलाङपाटीदेखि नै हिमपात भएपछि मंगलवार मात्र २० जना विदेशी पर्यटक फर्किएको धुन्चेका पर्यटन व्यवसायी भीम पौडेलले वताए ।

लाङटाङ, क्यान्जिङ तथा गणेश हिमाल आसपासको भ्रमणमा पुगेका विदेशी पर्यटकहरु फर्कने क्रम रहेको र मंगलवार स्याफ्रु र धुन्चेमा ५० जना विदेशी पर्यट फर्किएको व्यवसायी पौडेलले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?