+
+

गंगामायाको स्वास्थ्य रेखदेख गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २९ गते १३:४५

२९ असोज, काठमाडौं । सरकारले आमरण अनसनमा रहेका गंगामाया अधिकारीको स्वास्थ्य स्थितिको नियमित रेखदेखका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

शान्ति मन्त्रालयका सहसचिवको संयोवकत्वमा गठित समितिमा गृह र स्वाथ्य मन्त्रालयका सहसचिव सदस्य छन् ।

समितिले अधिकारीको स्वास्थ्य स्थितिको नियमित रेखदेख गर्नुका साथै सरकारलाई आवश्यक राय सुझाव समेत दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सरकारले उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुको सल्लाह अनुसार नियमित रुपमा औषधि सेवन गर्न र अनसन तोड्न समेत आग्रह गरेको छ ।

द्वन्द्वकालमा माओवादीबाट मारिएका छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै गोरखा फुजेलका अधिकारी लामो समयदेखि आमरन अनसनमा बस्दै आएकी छन् । अनसनकै क्रममा उनका पती नन्दप्रसादको केही समय अघि निधन भएको थियो ।

साथै द्वन्द्वकालमा जागिर छाडेका प्रहरीहरूले पुनर्वहाली वा उपयुक्त व्यवस्थापनको माग राखी रत्नपार्क शान्ति बाटिकामा गरेको अनसन अन्त्य गराउन शान्ति मन्त्रालयकै सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहने गरी समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?