Comments Add Comment

पत्रकार महासंघका अध्यक्ष विष्ट र उपाध्यक्ष भण्डारी यूएईमा

Mahendra Bishta-khila-UAEआबुधाबी । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्ट र उपाध्यक्ष खिलबहादुर भण्डारी यूएई आइपुगेका छन्। महासंघको यूएई शाखाको शुक्रवार हुन गइरहेको चौथो अधिबेसनमा सहभागी हुनका लागि अध्यक्ष विष्ट र उपाध्यक्ष भण्डारी यूएई आइपुगेका हुन्।

बुधबार यूएईको शारजाह एयरपोर्टमा अध्यक्ष तथा उपाध्यक्षद्वयलाई महासंघको यूएई शाखाका उपाध्यक्ष भुपराज बस्याल, प्रवक्ता त्रिलोचन कोइराला, कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, सदस्यहरु लक्ष्मण खनाल, हरी नेपाली लगायतको टोलीले स्वागत गरेका थिए ।

महासंघको यूएई शाखाले चौथो अधिबेसनको पूर्व सन्ध्यामा बिहिवार साँझ दुबईमा पत्रकारिता तालिमको आयोजना गर्दैछ । महासंघका अध्यक्ष डा। बिष्ट र उपाध्यक्ष भण्डारीको उपस्थितिमा हुन गइरहेको उक्त तालिम बिशेष महत्वको हुने शाखाका प्रवक्ता त्रिलोचन कोइरालाले बताएका छन् ।

त्यसैगरी अधिबेसन घोषणाका शभाका साथमा महासंघले “बैदेशिक रोजगारप्रतिको आकर्षण र यसले नेपाली समाजमा पारेको असर” बिषयक बृहत अन्तरकृया कार्यक्रम समेत आयोजना गरेको छ । आफ्नो चौथो अधिबेसनको सम्पूर्ण तयारी पुरा भइसकेको यसअघि नै यूएई शाखाले जनाईसकेको छ ।

घोषणा शभा तथा अन्तरकृया कार्यक्रम एभरेष्ट इन्टरनेशनल होटेल बरदुबईमा हुने महासंघको यूएई शाखाले जनाएको छ । घोषित कार्यक्रमलाई भव्यताका साथ सफल पार्नका लागि अन्तिम चरणका सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको शाखाका अध्यक्ष अर्जुन दाहालले बताएका छन् ।

उत्तम अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment