Comments Add Comment

कुवेतमा विचल्लीमा परेका नेपाली महिलाको उद्धार भएन

Kubet bichalli-2कुवेत । घरेलु कामदारको रुपमा कुवेत आएका नेपाली महिलाहरुको उद्धार हुन नसक्दा लामो समयदेखि घर फर्किन पाएका छैनन् । काम गर्न कठिनाई भई भागेर दूतावासको सेल्टरमा झण्डै एक वर्षदेखि बसेका नेपाली महिलाहरुको अझैसम्म पनि उद्धार हुन नसकेको हो ।

कुवेतमा विभिन्न समस्या परी उनीहरु घर फर्किन चाहेका हुन् । तर नेपाली दूतावासले सञ्चालन गरेको सेल्टरहरुमा ६ महिनादेखि एक वर्षसम्म बस्दा पनि उनीहरुको उद्धार हुन नसकेको स्थानीय नेपाली मिडिया कोशेली न्युजले जनाएकोछ ।

हाल दूतावासको सेल्टरमा दुई सय ४४ जना महिलाहरु रहेका छन् । तर दूतावासको सेल्टरमा बस्ने ब्यवस्थापन समेत नभएपछि उनीहरु सेल्टरबाट आफै सडकमा निस्किन थालेका छन् ।

लामो समयसम्म पनि घर फर्किन नपाएपछि एनआरएन प्रतिनिधिहरुको रोहबरमा दूतावासको कार पार्किङ्मा बस्न लगाइएका २७ जना महिलाहरु मंगलवार निस्किए । उनीहरु मंगलवार रातीसम्म पनि सडकमै अलपत्र परेका थिए ।

एनआरएन आईसिसि कोअर्डिनेटर सुजन केसी, उपाध्यक्ष अर्जुन तामाङ, प्रवासी मञ्चका अध्यक्ष राजु थापा, नेपाल कुवेत सरोकारवाला संघका अध्यक्ष दिल स्याङबो, सदस्य सुख गुरुङ र एक दर्जन म्यानपावर ब्याबसायीहरुको रोहबरमा बैठक बस्ने सर्तमा महिलाहरुलाई दूताबासको कार पार्किङ गर्ने ठाउँमा बस्न लगाइएको थियो ।

एक महिनाअघि पनि दूताबासको सेल्टरबार करिब २५ जना महिलाहरु बाहिर निस्केका थिए । दूताबासले संचालन गरेको सेल्टरको व्यवस्थापन, कानूनी अधिकारलगायत, उद्धार गरि नेपालसम्म पठाउने सर्तमा अलहुकुक कम्पनीसंग दूताबासले सम्झौता गरेको थियो ।

घरेलु महिला कामदार कुवेत आउनु पहिला अल हुकुक कम्पनीमा प्रति ब्यक्ति ३५ केडी अल हुकुक कम्पनीमा बुझाउनु पर्छ । हाल सम्म अरबौ रुपौयाँ अलहुकुक कम्पनीलाई बुझाई सक्के पनि महिलाहरुलाई दिनु पर्ने सेवा सुबिधा र कानुनी हक अधिकार नदिलाएको ब्याबसायीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment