+
+

शुक्रबारका दैनिक पत्रिकामा बिजनेश खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते ७:०५

शुक्रवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुका खबर छापेका छन् ।
कारोबार दैनिकले ‘सुनकोसी दोस्रो र तेस्रोबाट एडीबी पछि हट्ने’ शीर्षकमा मुख्य खबर छापेको छ । निर्माणाधीन बीपी र मध्यपहाडी राजमार्ग डुबानमा पर्ने भएपछि एडीबी प्रस्तावित एक हजार ६ सय ४६ मेगावाट क्षमताका सुनकोसी-२ र ३ जलाशययुक्त आयोजना दिन उसले सरकारसँग अनुरोधसमेत गरेको छ ।
यस्तै, पतञ्जली कलेजलाई स्वीकृति दिन आनाकानी, वीरगञ्जका उद्योगी फेरि आतंकित, वैदेशिक रोजगारीमा २६ महिलाद्वारा आत्महत्या, चीनले रसुवागढीमा सुख्खा बन्दरगाह बनाइदिने, भाइमसलाको विक्री लक्ष्य ५५ करोड, नेप्से परिसूचकमा सामान्य सुधारलगायतका खबर कारोबार दैनिकमा छ ।
नागरिक दैनिकले ‘स्वचालित मूल्यमा निगमको आनाकानी’ शीर्षकमा मुख्य खबर छापेको छ । नेपाल आयाल निगमले इन्धनको स्वचालित मूल्य कार्यान्वयन गरे लगत्तै यसमा आनाकानी गरेको छ ।
यस्तै, कोलकातामा क्वारेन्टाइन जाँच हट्यो, दुई वर्षभित्र रसुवागढीमा सुख्खा बन्दरगाह, विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा काफ्ले, माथिल्लो त्रिशुली-१ आयोजनाको म्याद थप्याथप्यै, मंसिरदखि युवालक्षित तरकारी कार्यक्रमलगायतका खबर नागरिक दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले ‘कृषि बैंकका सीईर्ओलाई कारबाही गर्न अख्तियारको निर्देशन, शीर्षकमा मुख्य खबर छापेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण प्रतिवेदनले पनि कृषि विकास बैंकका आन्तरिक नियन्त्रण प्रणालीमा सुधार आउन नसकेको र भाखा नाघेको कर्जा असुल नभएको औंल्याएका थिए ।
यस्तै, २५ अर्ब लगानीमा सिमेन्ट उद्योगः लगानी बोर्डले तिहारपछि स्वीकृत दिने, ४१ प्रतिशतको रोजाइ मलेसिया, पेट्रोलियमको मूल्य समायोजन गर्न बसेका वैठक निष्कर्षविहीन, सेल्टर नहुँदा ठूलो क्षति, गोदावरी मेला आजदेखिलगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।
आर्थिक दैनिकले ‘वाणिज्य बैंकहरुको बोनसमा मात्रै दुई सय ६४ करोड खर्च’ शीर्षकमा मुख्य खबर छापेको छ ।
यस्तै, दुई उद्याग बन्द हुँदा बैंक र मजदुर अन्यौलमा, आईएफसीको दबाबमा माथिल्लो त्रिशुलीको म्याद थपिदै, मैतिदेवी-डिल्लीबजार सडक थप जीर्ण, पेट्रोलियम पदार्थको नयाँ मूल्य आज, झोले विद्यालयका मतियारविरुद्ध मुद्दा, आलु बीउ उत्पादनमा ३३ जिल्ला आत्मनिर्भर बन्दैलगायतका खबर आर्थिक दैनिकमा छ ।

annpurna-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?