+
+

नेपाली तराई संघ अमेरिकाको तेस्रो टेक्सास सम्मेलन तयारी अन्तिम

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते ११:३६

भर्जिनिया । अमेरिकाको टेक्सास राज्यको हुस्टनमा एसोसिएसन अफ नेपाली तराईन इन अमेरिका (आन्टा) तेस्रो सम्मेलनको शनिवार हुने भएको छ । सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको अयेजकले जनाएको छ । सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको (आन्टा) का अध्यक्ष ललित झाले जानकारी दिए ।

terai-logo उक्त एक दिवसीय सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरुबाट वक्ता, अतिथि, आमन्त्रित बिशेष व्यक्तित्वहरु सहभागी हुनेछन् । कार्यक्रमको लागि भौतिक योजना तथा निर्माण मन्त्रि बिमलेन्द्र निधिलाई आउने भनिएता पनि उनको कार्य व्यस्तताले गर्दा अमेरिका आउने कार्यक्रम रद्ध भएको जानकारी झाले दिए । मन्त्री निधी नअउने भएपछि प्रमुख अतिथि प्रा डा बिरेन्द्रकुमार मल्लिकलाई तय गरिएको छ भने नेपाली दुतावासका कार्य वाहक राजदुत ऋषिराम घिमिरे बिशेष अतिथि रहनेछन ।

 सम्मेलनको मुख्य नारा सांस्कृतिक एकीकरणको माध्यमबाट मधेशी पहिचानको प्रबर्धन गर्ने रहेको छ l तेश्रो सम्मेलनको लागि कार्यक्रम सुची पूर्ण तयारी भइसकेको छ l

संस्थापक अध्यक्ष रतन झा, पूर्व अध्यक्ष तथा अमेरिकाको तर्फबाट गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिको सदस्य डा बिनोद शाहको पनि सहभागिता हुनेछ l

 दिनभरी चल्ने सत्रहरूमा नेपाल र अमेरिकामा तराईन र सामाजिक सांस्कृतिक एकीकरण र आन्टाको भूमिका, तराईन महिला  नेपाल र अमेरिकामा अवसर, चुनौती तथा आन्टाको भूमिका, तराईन ब्यबसायी तथा उद्यमी, दर्शन, चुनौती तथा आन्टाको भूमिकाबारेमा छलफल छलफल हुने जानकारी अध्यक्ष ललित झाले दिए ।

 यसैगरि नेपाली तराई संघ अमेरिकाको (आन्टा) को गोलमेच तथा सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरणको साथै बार्षिक प्रतिवेदन आदि समेतको घोषणा गरिने छ l

विजय थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?