+
+

हिमपातमा परेका चारजना चरक अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १२:०५

gandaki-medical

३१ असोज, पोखरा । हिमपातमा परेकामध्ये चार जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएको छ ।
पाँच हजार मिटर उचाइमा मुस्ताङ र डोल्पाको बीचमा टेन्ट टाँगेर बसेका १६ जनामध्ये तीन जनाको उद्दार गरी अस्पताल ल्याइएको हो । अन्य बेपत्ता भएका छन् ।
कुमार तामाङ, सैन्डुप तामाङ र स्वीटजरल्यान्डका एक नागरिकलाई उद्दार गरी अस्पताल भर्ना गरिएको छ ।
क्याम्पमा बसेका उनीहरुले लगातार २६ घन्टा हिँउ परेको बताएका छन् । एक्कासी बाक्लो हिउँ पर्नथालेपछि उनीहरु टेन्ट छोडेर नजिकैको ओडारमा बसेका थिए । विस्तार हिउँले पुरेपछि आफ्नै हातले हिउँ हटाएर टाउको निकालेको र आफुहरुको उद्दार भएको उनीहरुले बताए ।
उद्यपी उद्दार कार्य भने ढिलो भएको गुनासो उनीहरुले गरेका छन् । पीडित स्वीटजरल्याण्डका नागरिकले भने-‘हामीलाई उद्दार गर्न ढिलो गरियो, हाम्रा साथी कता बेपत्ता छन् । अलिकति ढिला भएको भए हामी पनि बेपत्ता हुने थियौं । ‘
उक्त टोलीमा चार जना स्वीटजरल्याण्डका नागरिक थिए भने बाँकी नेपाली थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?