+
+

छलफल जारी रहेको भन्दै प्रतिवेदन बुझाउने सम्वाद समितिको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १४:११

३१ असोज, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले राज्यको पुनःसंरचनासहितका विषयमा छलफल जारी रहेको भन्दै प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।

प्रमुख तीन दलले सम्वाद समितिको म्याद थप्ने निर्णय गरेपछि सम्वाद समितिको बैठक बसेको थियो ।

बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे छलफल जारी रहेको प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।

यसअघि बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले म्याद थप्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?