Comments Add Comment

जावलाखेलमा सुरू भयो गोदावरी फूल प्रदर्शनी (फोटोसहित)

Puspa-Mela-2

३१ असोज काठमाडौं । ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुक्रबारदेखि जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।

तीसभन्दा बढी स्टल रहेको मेला कात्तिक ३ गतेसम्म सञ्चालन हुने फ्लोरिकल्चर्स एसोसिएसन (फ्यान) ले जनाएको छ । २५ हजार जनाले मेला अवलोकन गर्ने र २५ लाख रुपैयाँ बराबरको कारोबार हुने फ्यानको अपेक्षा छ ।

जावलाखेलस्थित फूटवल मैदानमा सञ्चालन सुरू भएके प्रतियोगितात्मक प्रर्दशनीमा गोदावरी, सयपत्री र अन्य बोटविरुवा बिक्री वितरण समेत गरिने बताइएको छ । प्रतियोगितामा उपत्यकाका नर्सरीहरुले भाग लिएका छन् ।

तिहार पर्वमा गोदावरी फूलको व्यवसाय प्रवर्द्धन गर्नु मेलाको उद्देश्य रहेके छ । प्रदर्शनीको उद्देश्य मुख्यतः पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवर्द्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्‍याउनु भएको फ्यानले जनाएको छ

Puspa-Mela-1

गत वर्ष भएको मेलामा २२ हजारले अबलोकन गरेका थिए भने २१ लाख रुपैयाँको कारोबार भएको थियो । नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको मागमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशतले वृद्धि भइरहेको फ्यानले जनाएको छ ।

नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आार्थिक वर्ष २०६९/७० सम्म आईपुग्दा ३८ जिल्लामा लगभग ६ सय ५० पुष्प र्फम/नर्सरीहरु स्थापना भइसकेका छन् ।

लगभग १ सय ३७ हेक्टर क्षेत्रफलमा यो व्यवसाय भईरहेको र प्रत्यक्ष अप्रतयक्ष गरी ४१ हजारभन्दा रोजगार पाएका छन् । २०६९/७० जम्मा १ अर्व १५ करोड ५७ लाखभन्दा बढिको कारोबार गर्न भएको थियो । सो वर्ष ३ करोड १५ लाख रुपैयाँ बराबरको निर्यात भएको फ्यानले जनाएको छ ।

Puspa-Mela-3 Puspa-Mela-4 Puspa-Mela-5 Puspa-Mela-7 Puspa-Mela-8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment