Comments Add Comment

गंगामाया अधिकारीको अनसन तोडियो

Ganga-maya-ansan-todiyo-1

२ कात्तिक, काठमाडौं । गंगामाया अधिकारीले छोराको हत्यारालाई कारबाहीको माग गर्दै थालेको ३५८ दिन लामो आमरण अनसन तोडेकी छन् ।

शनिबार साँझ वीर अस्पतालमा कानुनमन्त्री नरहरि आचार्य हर्लिक्स खुवाएर गंगामायाको अनसन तोडाए । अनसन तोडे पनि गंगामायाले औषधी र जीवन रक्षाका लागि झोल पदार्थ मात्र खाने छिन् । उनले पानी, गुल्कोज, हर्लिक्स र जीवनजल खाने र न्यायको लडाइ जारी राख्ने बताएकी छन् ।

सरकारले अधिकारी दम्पत्तिको छोराको हत्याका आरोपी (विदेशमा रहेका र अन्य)लाई अदालतमा उपस्थित गराउन पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

साथै गंगामाया र उनका छोरा नुरप्रसादको सुरक्षासहितको जिम्मा लिने बताएको छ । ‘नन्दप्रसादको दाहसंस्कार र काजक्रियाका लागि आवश्यक प्रवन्ध गर्नेछ र सरकारका प्रतिनिधिले अन्तिम श्रद्धान्जली दिनेछ’ कानुनमन्त्री आचार्यले भनेका छन् ।

सरकारले अधिकारी परिवारलाई विशेष राहत दिने प्रतिवद्धता जनाएको छ । साथै उपचारमा अहिलेसम्म भएको खर्च र आगामी दिनमा उपचार तथा खानेवस्ने खर्च दिने समेत बताएको छ ।

कानुनमन्त्री आचार्यले भने-‘न्यायको लडाइ महत्वपूर्ण हो र त्यसका लागि पनि जीवनरक्षा गर्नुपर्छ भनेर सरकारले पहल गरेको हो ।’

छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै ५० वर्षी या गंगामाया झण्डै एक वर्षदेखि आमरण अनसनमा छिन् ।

अनशनकै क्रममा उनका पती नन्दप्रसादको भने गत असोज ६ गते निधन भएको थियो । तर, उनको अब अझै परिवारले बुझ्न मानेको छैन ।

के थियो घटना ?

गोरखा फुजेलका अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसादलाई ०६१ सालमा माओवादीले चितवनमा हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्तिले अनसन सुरु गरे । अवस्था गम्भीर बनेपछि सरकारले उठाएर वीर पुर्यायो तर, अधिकारी दम्पत्तिले अनसन तोड्न मानेनन् ।

सरकारले घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गर्दै अधिकारी दम्पत्तिको अनसन पनि तोडाएको थियो । तर, आरोपितहरु अदालतबाट छुटेपछि अधिकारी दम्पत्तिले उपचाररत रहेकै बेला फेरि अनसन थाले ।

पछिल्लो समय मानवअधिकारकर्मीहरुले अधिकारी दम्पत्तिको अनशन तोडाउन निकै जोड गरेका थिए । सरकारले पनि उनीहरुलाई पुनःस्थापनाको प्रवन्ध गर्ने बताएको थियो । तर, उनीहरू मानेनन् ।

स्थानीयले पनि गाउँ फर्कन आग्रह गरेका थिए । तर, जेठा छोरा नूरप्रसाद अधिकारीले आमाबुबाको अनशन तोडाउन ठाडै अस्वीकार गरेका थिए ।

नन्दप्रसादको निधनबारे संसदीय समितिमा गृहमन्त्री बामदेव गौतमले नन्दप्रसादले २ अर्ब माग गरेको दावी गरेका थिए ।

सरकारले गरेको  प्रतिवद्धता

1

Ganga-maya-ansan-todiyo-3

Ganga-maya-ansan-todiyo-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment