+
+

तीन दल आवासीय वैठकको तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते ८:०९

२ कात्तिक, काठमाडौ । निरन्तर छलफल गर पनि सहमतिमा पुग्न नसकेका प्रमुख तीन दलले आम संविधानका विवादित विषयमा सहमति खोज्न आवासीय बैठकको तयारी गरेका छन् । मंगलवार बिहीबार निर्णायक छलफल हुने नेताहरुले बताएको नयाँ पत्रिकामा खबर छ ।
राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली लगायतका विषयमा दलहरुबचि कुरा मिल्न सकेको छैन । शनिवार बसेको कांग्रेस, एमाले र एकीकृत माओवादीका बैठक पनि बिनानिष्कर्ष सकियो ।
तिहारअघि नै निष्कर्षमा पुग्ने गरी छलफल घनीभूत बनाउने नेताहरुले बताएका छन् । एमाले उपाध्यक्ष भीम रावलले अब बस्ने संविधानसभा बैठकपछि मंगलवार र बुधवार निणर्ायक छलफल हुन बताए । ‘प्रमुख दलबीच नियमित जस्तो बैठक भइरहेका छन् । तर अब आवासीय जे भने पनि विवादित विषयमा ४ र ५ गते घनीभूत छलफल गर्ने भन्ने छ,’ उनले भने । आइतवार संविधानसभा बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?