गौतम श्रेष्ठ
२ कात्तिक, रौतहट । पहिलो वियाग यु-१७ बालिका फुटबल प्रतियोगिताको उपाधि रौतहटले जितेको छ ।
हातेमाले सामुदायिक वनको खेल मैदानमा सम्पन्न फाइनल खेलमा रौतहटले काठमाडौंलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
शुरुदेखि नै आक्रमक खेल खेलेको रौतहटका लागि निर्मला केसीले २९ औं मिनेटमा गोल गर्दै टीमलाई सुरुवाति अग्रता दिलाइन् ।
खेलको ३२ औ मिनेटमा कप्तान सुनिता योञ्जनले गोल गर्दै रौटहटको अग्रता दोब्बर पारिन् ।
एक पक्षीय खेलको ५० औं मिनेटमा एलिसा जिम्वाले गोल गरिन् । ५४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी उनले ५८ औ मिनेटमा ह्याट्रिक पुरा गरिन् ।
रौतहटले उपाधिसँगै १ लाख हात पानरेको छ उपविजेता काठमाडौंले ५० हजारमा चित्त बुझाएको छ । सेमिफाइनलमा पुगेका पुग्ने ताप्लेजुङ र झापाले नगद २५-२५ हजार पाएका थिए ।
प्रतियोगितामा उत्कृष्ट फर्वाड रौतहटका एलिशा जिम्बा, मिडफिल्डमा रौतहटकै मनिषा राउत, डिफेन्समा रौतहटकै रोजिना र उत्कृष्ट प्रशिक्षकमा रौतहटका शेरबहादुर दर्लामी घोषित भएका् छन् । उत्कृष्ट गोलकिपरमा काठमाडौंका सुनिता ठकुरी बनेकी छन् । उनीहरुले जनही ५ हजार रुपैयाँ पाएका छन् ।
प्रतिक्रिया 4