+
+

रत्नपार्कबाट ‘सन्त महन्त’ हटाइएको विद्रोही राप्रपा नेपालको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ११ गते १७:०५

११ कात्तिक, काठमाडौं । कमल थापासाग असन्तुष्ट भई गठन गरिएको ‘राप्रपा नेपाल सुदृढीकरण अभियान’ले रत्नपार्कमा अनसनरत व्यक्तिलाई मंगलबार प्रहरीले हटाएकोमा आपत्ति जनाएको छ ।

हिन्दु राष्ट्रको माग गर्दै अनसन बसेका व्यक्तिलाई सार्क सम्मेलनको पूर्वसन्ध्यामा प्रहरीले मंगलबार बल प्रयोग गरी हटाएको हो । सार्क सम्मेलनका बेला शहर सफा पार्ने उद्देश्यले उनीहरुलाई हटाइएको प्रहरीले जनाएको छ ।

छठ पर्वको अवसरमा शान्तिवाटिका आसपास बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरु सहभागी हुने भएकाले छठको अघिल्लो दिन शान्तिबाटिका खाली पारिएको प्रहरी अधिकारीले बताएका छन् ।

तर, अनसनकारीलाई शान्तिबाटिकाबाट हटाइएकोमा राप्रपा नेपाल सुदृढीकरण अभियानका सचिव श्याम तिम्सिनाले वक्तव्य जारी गर्दै भनेका छन्- ‘ऋषि मनले क्रियाशील प्रतिष्ठित सन्त महन्तहरु धेरै दिनदेखि काठमाडौंको शान्ति बाटीकामा अनसनरत हुनुहुन्थ्यो । सुशील कोइराला नेतृत्वको सरकारले अनसन बसिरहेका गिरफ्तार गरेको समाचारले राप्रपा नेपाल सुढृढीकरण अभियान गम्भीर आश्चर्यमा पर्नुका साथै स्तब्ध बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?