+
+
Shares

वीरगञ्ज महानगरले उठायो ४० करोड राजस्व

रासस रासस
२०८१ जेठ ८ गते ७:२९

८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार ११९ रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड १८ लाख ९८ हजार २९ रुपैयाँ बढी संकलन गरेको हो । महानगरले गत आर्थिक वर्षको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षमा ७० करोड संकलन गर्ने लक्ष्य राखेको छ । ‘आर्थिक मन्दीका कारण वीरगञ्जमा व्यापार घटेको छ, यसको राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ’, उनले भने ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा ५० करोड रुपैया मालपोत कर संकलन गर्ने लक्ष्य रहेकोमा लक्षित राजश्व उठाउन नसकिने बताए । ‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार रुपैयाँमात्रै सम्पत्ति कर(मालपोत) कर उठेको छ’, उनले भने,‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा संकलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ ।’

महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ । महानगरले यस वर्ष घरबहाल कर बापत रु चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छभने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने रु दुई करोड सात लाख ९२ हजार संकलन गरेको छ ।

महानगरले बहाल करतर्फ ३ करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत २ करोड ४१ लख ४३ हजार, नक्सापास दस्तुर २ करोड ९२ लाख ४ हजार रुपैयाँ उठाएको छ । गत आर्थिक वर्षमा ५७ करोड एक लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?