Comments Add Comment

औलो विरुद्धको लडाइँमा इबोला बाधक

malariaअफ्रिकी देशहरुमा भयानक रुपमा फैलिरहेको इबोला रोगका कारण मलेरिया रोग विरुद्धको विश्वव्यापी लडाइँमा बाधक बन्नसक्ने विज्ञले चेतावनी दिएका छन् ।

औलो रोग विरुद्धको विश्वव्यापी अभियान रोल ब्याक मलेरिया पार्टनरसीपका प्रमुख डाक्टर फाटोमाता नाफो त्राओरेले इबोला संकटका कारण पचिम अफ्रिकी देशमा मलेरिया विरुद्ध जारी संघर्षमा झट्का लाग्नसक्ने बताएकी छन् ।

हालै इबोला प्रभावित देशहरुको भ्रमण गरेका फाटोमाताले सबै स्वास्थ्यकर्मीहरुको ध्यान अहिले स्वभाविक रुपमा इबोलातर्फ गएको भन्दै पहिले मलेरियाबाट संक्रमित बालबालिकालाई राख्ने अस्पतालका वार्डहरुमा अहिले इबोलाबाट मरेका मानिसहरुका शवले भरिएर भुतस्थान बनेका बताइन् ।

पश्चिम अफ्रिकाका सियरालियोन, लाइबेरिया र गुएना विश्वमा औलोबाट सबैभन्दा बढि प्रभावित देशहरु हुन् जो अहिले इबोलाबाट प्रभावित छन् । ती ३ देशमा सन् २०१२ मा औलोबाट ७ हजार जनाले ज्यान गुमाएका थिए ।

डाक्टर फाटोमाताले इबोलाको भयावह अवस्थाका कारण मलेरिया प्रभावितको उपचार प्रभावित भएको र मलेरियाबाट प्रभावित हुने र ज्यान गुमाउनेको पहिचान नै हुन नसक्ने अवस्था आएको बताएकी छिन् ।

स्वास्थकर्मीहरुप्रति मानिसहरुको विश्वास घट्दै गएको र डाक्टरहरुले नै संक्रमण फैलाएको सोचाई सर्वसाधारणमा रहेको भन्दै उनले यो परिस्थिति मलेरिया रोग विरुद्धको संघर्षमा ठूलो चुनौति रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment