Comments Add Comment

शरिरमा अस्वभाविक रुपमा स्पर्श नहोस् : हर्षिका श्रेष्ठ

harshika-shrestha
नायिका हर्षिका श्रेष्ठ सफल सिनेमाको खोजिमा छिन् । सिनेमा नगरीमा आएको छोटो समयमा संख्यात्मक रुपमा उनले अभिनय गरेका सिनेमाको संख्या दर्जन कटिसके । तर, आजसम्म उनले अभिनय गरेका कुनै पनि सिनेमा सफल छैनन् । उनका केही चलचित्र छायांकनमा जाने तयारीमा पनि छन् । उनै हषिर्कासँग गरिएको रमाइलो कुराकानी :
१.हिजोआज कत्तिको ब्यस्त हुनु हुन्छ ?
मेरो क्षमता, स्वभाव र सम्पुर्णको सद्भावका कारण पनि म ब्यस्त नै छु ।
२. ब्रेकअपले निकै चिन्तामा हुनुहुन्छ भन्ने छ नी ?
केहि दिन अघि भने अलि सोचमा परेको जस्तो भएकी थिए । त्यस्तो खासै चिन्ता छैन । अब त यो घटनालाई स्वभाविक रुपमा लिन थालेकी छु । एक-अर्कालाई अझै नजिकबाट चिन्ने जान्ने क्रममा केही मेरा कुराहरु उहाँलाई मन नपरेको हुन सक्छ । उहाँको केही कुराहरु मलाई पनि मन परेन । जुन बाटोमा दुबै जनाको भेट भएको थियो, हामी मोडियौं ।
३.अब कहिले सम्म जीवन यात्रामा एक्लै हिड्ने त ?
थाहा छैन, यो माया प्रेमका कुराहरु पनि अचम्मैको हुँदा रहेछन् । एक अर्कामा कोसँग, कहाँ, कहिले, कसरी मायापि्रती बस्दो रहेछ १ म आफैलाई गजब लागि रहेको छ । प्रेममा न त जातभात र गरिब धनीकै कुरा हुदों रहेछ न त कुनै समयको टुङ्गो नै । भनिन्छ नी “प्यार किया नही जाता हो जाता हे ।”
४. अनि, तपाई त निकै सेक्सी देखिनु हुन्छ रे नी ?
तपाईले कुन अर्थमा भन्नु भो मलाई थाहा भएन । धेरै दर्शक तथा प्रशंसकहरु मलाई ज्यादै सेक्सी देखिन्छ भन्छन् । म हिजोआज धेरै पहिरनमा राम्री देखिन थालेकी छु रे, अनि चलचित्रमा पनि ज्यादै नै सेक्सी देखिन्छु रे भन्न थालेका छन् । साँच्चै अहिले आफु वास्तवमा नै सेक्सी देखिन्छु भन्नेमा चाहि विश्वासको नजिक पुगेकी छु ।
५.दर्शकहरुले त “सेक्स अपिल” को अर्थमा सेक्सी भनेका होलान नी ?
ममा के त्यस्तो सेक्स अपिल देखिन्छ र १ वास्तवमा मान्छेले मान्छेलाई जस्तो भावनाले हेर्‍यो त्यस्तै लाग्ने हो की के हो ? तर मलाई चाहिँ यो एउटा उमेर अनुसार बनिने धारणा हो जस्तो लाग्छ । ग्ल्यामर दुनियामा जो ब्यक्ती, उसको भूमिका र परिस्थीतीसँग बढी भन्दा बढी उपयुक्त देखिन्छ, त्यो नै स्वभाविक र सुन्दरता हो । त्यहि स्वभाविक र सुन्दरता नै ग्ल्यामर्स अर्थात सेक्सी हो ।
६.तपाईका दर्शक तथा शुभचिन्तकहरुमा केहि कुरा राख्न चाहनुहुन्छ ?
कलाकारहरु राष्ट्रिय गहना हुन् । कलाकारहरुका लागि दर्शकहरु नै सर्बोपरी हुन् । त्यसैकारण पनि हामी कलाकारहरुको समाजप्रतिको उत्तरदायित्व बोध हुनका साथै दर्शकहरु तथा ˆयानहरु प्रति झुकाव राख्न पनि त्यति नै  जरुरी छ ।

तर केहि शुभचिन्तक तथा ˆयान भएकै कारणले हाम्रो उदारतालाई कमजोरी ठान्दै शरीरमा अस्वाभिक ढंग स्पर्श गर्ने प्रयाश जस्ता दुब्र्यवहारहरु पनि गर्नुहुन्छ । यस्तो नहोस् भन्ने म चाहन्छु । आदरणीय दर्शक तथा हाम्रा ˆयानहरुले पनि कलाकारहरुको मानमर्यादालाई ध्यान दिँदै उहाँहरुप्रति उत्तिकै मैत्री ब्यवहार देखाउन पनि जरुरी देखेकी छु ।

प्रस्तुती : राजेन्द्र कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment